History

Welcome to History


लिटिल बुद्ध एजुकेशन फाउण्डेशन नवलपरासी प्रा.लि.


वि.सं. २०५७ सालमा स्थापना भई २०५९ साल पौष ४ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा दर्ता कायम भएको लिटिल बुद्ध एजुकेशन फाउण्डेशन नवलपरासी प्रा.लि. (प्रा.लि.प्र.नं ः (२२००९÷२०५९÷०६०) ले विद्यालय सञ्चालन गर्दै आइरहेको छ ।

यस प्रा. लि. ले स्थापनाकालदेखि नै यस राष्ट्रको विकासका लागि आफ्नो क्षमताअनुसार सुन्दर र सुसंस्क्ृत समाज निर्माण कार्यमा जुटेको छ । ग्रामीण क्षेत्रलाई शहरीकरण गर्नुदेखि लिएर वैज्ञानिक चमत्कारसम्मका उदाहरणहरु विकासको अर्थभित्र पर्न आउछन् । समाजको आधुनिकीकरण समाजशास्त्रीहरुका लागि विकासको अर्थ हो भने अर्थशास्त्रीहरु विकास भनेको बचत, लगानी राष्ट्रिय आय, उत्पादनशीलता जस्ता समाजका र्आिर्थक पक्षलाई लिने गर्दछन् । समाजको र्आिर्थक विकास समाजकै विकासका लागि आधार बन्न सक्दछ । तर सम्पूर्ण रुपमा विकास भन्नु नै आर्थिक विकास होइन । चाहे आर्थिक विकास होस् या सामाजिक विकास होस् त्यसको लागि पूर्वधार शिक्षा हो ।

आजको २१ आँै शताब्दीको पूर्वाधरमा आर्थिक उन्नति गर्न अति जरुरी छ । चारित्रिक विकास गरी राष्ट्रको गरिमामय गौरवलाई सगरमाथा जत्तिकै माथि उठाउन त्यत्तिकै आवश्यक छ । त्यसैले व्यक्ति, समाज र राष्ट्रका विकासका लागि आवश्यक पर्ने योग्य जनशक्ति तयार गर्नुका साथै सर्वसाधारण वर्गको सदा साथ शिष्टता र नैतिकता कायम राख्न आजका बाल बालबालिकाहरुलाई समय सापेक्ष ढंगबाट समाज र राष्ट्रले अपेक्षा गरेअनुरुप गुणस्तरीय आधुनिक शिक्षा प्रदान गर्दै परिश्रमी, कर्मशील, कर्तव्यनिष्ठ, नैतिक, चरित्रवान, राष्ट्र र राष्ट्रियताप्रति सजग रहने नागरिक उत्पादन गरी राष्ट्रिय विकासको धारणामा चौतर्फी सहयोग पु¥्याउनु यस स्कुलको प्रमुख उद्देश्य रहेको छ । यस स्कुलका सञ्चालकहरु विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेका छन् ।

                         यस प्रा.लि.ले वि.सं. २०७६ सालदेखि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गरेको छ । यस संस्थाले ६० जनाभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिरहेको छ भने १००० जनाभन्दा बढी विद्यार्थीलाई शिक्षादीक्षा दिदै आएका छ । यस संस्थाले हालसम्म १००० भन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाकालागि उत्तम विद्यार्थी उत्पादन गरिसकेको छ, साथै यस स्कुलले नेपालको तराई मुलका आदिवासी, जहाँ छोरीलाई शिक्षा दिनहुन्न भन्ने रुढीवादी समाजमा शिक्षाको ज्योति फैलाउँदै आएको छ । जसले गर्दा यस क्षेत्रका झण्डै ९० प्रतिशत बालबालिका पठनपाठनमा आवद्ध छन । जसले गर्दा यस समाजको विकास तीव्र रुपमा बढ्दै आएको छ । आगामी दिनमा यस समाजमा यस विद्यालयले गरेको शैक्षिक विकासले यहाँका वासिन्दाहरुको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने विश्वास हामीमा छ ।

यस स्कुलले आगामी दिनमा यस क्षेत्रकै अब्बल नमुना विद्यालयमा स्थापित गराउने उद्धेश्यका साथ यस क्षेत्रका सम्पूर्ण अध्ययन गर्न चाहने हरेक विषयको पठनपाठन यसै विद्यालय बाटै गराउन सक्ने गरी बृहत योजनाका साथ अघि बढाउन सम्पूर्ण कर्मचारीहरु दत्तचित्तका साथ लागी परेका छन् ।

आफ्नो पुँजीका अलावा बैङ्क ऋणको माध्यमबाट संस्थाहरुलाई स्थापित गराउने योजना कम्पनीले बनाएको छ । यस स्कुलले वार्षिक २०० भन्दा धेरै विद्यार्थी विद्यालय भित्राउने त्यसै अनुरुप १५० जना रोजगारी बढाउदै लैजाने योजनाका साथ कार्य गरिरहेको छ । एक दिन यस विद्यालय नेपालकै सबैभन्दा बढी पिछडीएको समुदायलाई शिक्षा प्रदान गर्ने विद्यायलको रुपमा स्थापित हुने छ ।

यस विद्यालयले शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै अग्रसर रही बेलाबेलामा सामुदायिक स्तरमा विभिन्न किसिमका ¥याली, चेतनामूलक सडक नाटक, मेडिकल क्याम्पहरु सञ्चालन गर्दै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यस विद्यालयले सेवा सुविधा सगँसगैँ राष्ट्रलाई पनि नियमित रुपमा आफूले वहन गर्नपर्ने आर्थिक दायित्वहरु समयमा नै दाखिला गरी देशको राजश्वमा लक्ष्य पुग्नका लागि टेवा पु¥याइरहेको छ ।

रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन लगायत अर्थतन्त्रमा टेवा पु¥याइरहेको छ ।

Apply Letter for Admission to High School

Copyright © 2020. Developed & Powered by DYNAMIC TECHNOSOFT
Translate »